कञ्चनपुरमा महिला संघद्वारा कांग्रेस उम्मेदवार एनपी साउदसंग भेटघाट तथा छलफल कार्यक्रम

प्रकाशित:

कञ्चनपुर । नेपाल महिला संघ कंचनपुर क्षेत्र नं. २ ले नेपाली कांग्रेसका उम्मेदवार तथा पुर्वमन्त्री एनपी साउदसंग भेटघाट तथा छलफल परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ कंचनपुरको क्षेत्र नं. २ को कार्यसमितिले शुक्रबार बनसमितिमा आसन्न फागुन २१ गते हुँनगइरहेको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उम्मेदवार साउद संग भेटघाट तथा छलफल परामर्श कार्यक्रम सप्पन्न गरेको हो ।

कंचनपुर-२ मा नेपाली कांग्रेसले पुर्वमन्त्री साउदलाई प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाएको छ । निर्वाचन प्रचार कार्यक्रम अन्तर्गत रहेर कांग्रेसले क्षेत्र नं. २ मा गतिविधि बढाएको छ ।

कार्यक्रममा सहभागीहरुले आसन्न निर्वाचनमा विजय हासिल गर्नकालागि आवश्यक विभिन्न सुझाव सल्लाह दिएका छ्न ।
घरपरिवार देखि समाज परिवर्तनमा महिलाको प्रमुख भूमिका रहने हुँदा महिला दिदिबहिनीले आँटे कुनैपनि कुरा असम्भव नहुने कांग्रेस उम्मेदवार साउदले बताए ।

परिवार शिक्षित र सभ्य बनाउन घरमा महिलाको अहम भूमिका रहे झै, आसन्न निर्वाचनमा नेपाली कांग्रेसले जितहासिल गर्न पनि महिला दिदीबहिनीहरुले प्रत्येक गाउँ टोलमा अहम भूमिका खेल्नुपर्ने पुर्वमन्त्री एवं उम्मेदवार साउदले बताए ।

उक्त भेटघाट तथा छलफल कार्यक्रम नेपाल महिला संघ कंचनपुर, क्षेत्र नं. २ की सभापति प्रभा भट्टको सभापतित्वमा आयोजना गरिएको हो।

“राष्ट्रियता, लोकतन्त्र र समाजवाद” भन्ने मूल नारासहित सम्पन्न उक्त  कार्यक्रममा कांग्रेसका उम्मेदवार साउद, समानुपातिक तर्फका उम्मेदवार तौला राना, कल्पना के सी, नेपाल महिला संघ कंचनपुरका सभापति मधु भारती, नेपाली कांग्रेस केन्द्रिय सदस्य सन्तोषी ऐरी लगायतका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

महिला सशक्तीकरण नै समुन्नत लोकतन्त्रको जग भएको हुँदा महिला दिदीबहिनीको क्रियाशिलताले आसन्न निर्वाचनमा कंचनपुरका तीन वटै क्षेत्रमा विजय हासिल गर्न सकिने नेपाल महिला संघ कंचनपुरका सभापति मधु भारतीले बताइन । नेपाली कांग्रेसको गर्विलो इतिहास देखि वर्तमान रहेकोे बताउदै सभापति भारतीले आफ्ना उम्मेदवार जिताउनका लागि सम्पुर्णलाई प्रतिबद्ध भएर प्रचारप्रसारमा लाग्न आग्रह गरिन ।

कार्यक्रममा बोल्दै नेपाल महिला संघ कंचनपुर क्षेत्र नं . २ की सभापति प्रभा भट्टले लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयनका लागि कांग्रेस बलियो हुनुपर्ने बताइन्।

उनले महिलाको राजनीतिक सहभागिता बिना समृद्ध लोकतन्त्र सम्भव नहुने उल्लेख गर्दै महिलाहरूलाई मतदानमा सक्रिय भूमिका खेल्न आग्रह गरिन्।

कार्यक्रमका वक्ताहरूले नेपाली कांग्रेस नै समावेशी लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रियताको भरोसायोग्य शक्ति भएको दाबी गरे।

उनीहरूले विकास, सुशासन र जनताको अधिकार सुनिश्चित गर्न कांग्रेस उम्मेदवारहरूलाई अत्याधिक मतले विजयी गराउनुपर्नेमा जोड दिएका छ्न ।

माउ पार्टी कांग्रेस र उसका भातृ संगठन नेपाल महिला संघ लगायतले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन।

ताजा समाचार

सम्बन्धित समाचार