महेन्द्रनगर । आफ्नै श्रीमान् ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको अभियोगमा बर्दियाको जोशीपुर गाउँपालिका( ३, लक्कड बस्ने ३५ वर्षीया सुनिता देवी कठरियालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका क्रममा सुनिताले कुटपिट गर्दा लखनलाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका लखनलालको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



