महेन्द्रनगर । भीमदत्त नगरपालिका–१२ महाकाली नदी किनारमा नुहाउने क्रममा दुई जना बालिका आइतबार दिउँसोदेखि बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ की अन्दाजी ७ वर्षीया जिविका पन्त र ६ वर्षीया सान्वी पन्त रहेका छन्।

आइतबार दिउँसो महाकाली किनारमा ४ जना बालबालिका नुहाउने क्रममा ती दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरुको खोजी कार्य भइरहेको बोहराले बताए ।



