पुनर्वासमा मोटरसाइकलले ठक्कर दिदा अटो चालक दान सिंहको मृत्यु, ३ जना घाइते

प्रकाशित:

पुनर्वास । कञ्चनपुरमा मोटरसाइकल र अटो ठोकिदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका–१ अंशुवर्मा स्थित हुलाकी राजमार्गमा दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ३४३२ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्व आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४६०४ नम्बरको पेट्रोलियम अटोसँग ठोकिएको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतिबस्तीका ५० वर्षीय अटो चालक दान सिंह गम्भीर भाइते भएका थिए । उनलाई उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका छन ।

प्रहरीका अनुसार मोटरसाइकल चालक ‘घ’ गाउँका २७ वर्षीय महेन्द्र शाही, मोटरसाइकलमा सवार २९ वर्षीय कालु शाही र अटोमा सवार २८ वर्षीय गोविन्द सिंह घाइते भएका छन् ।

महेन्द्र र गोविन्दको माया मेट्रो अस्पतालमा उपचार हुँदैछ । कालुको स्थानीय पोलिक्लिनिकमा उपचार जारी रहेको प्रहरीले बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार