सार्वजनिक यातायात व्यवस्थित गर्न गृह मन्त्रालयमा छलफल, आन्दोलन फिर्ता हुने आशा

प्रकाशित:

काठमाडौं । गृहमन्त्री रमेश लेखकसहित सरकारका विभिन्न निकाय र यातायात व्यवसायीबीच सार्वजनिक यातायात प्रणाली सुधारका लागि सोमबार बिहान गृह मन्त्रालयमा छलफल सम्पन्न भएको छ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार बैठक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा बसेको हो। बैठकमा सरकारका तीन–चार मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी सहभागी थिए।

प्रवक्ता तिवारीले सार्वजनिक यातायातलाई थप व्यवस्थित र मर्यादित बनाउन आवश्यक उपायहरूको खोजी गर्न संवादलाई निरन्तरता दिइने जानकारी दिनुभयो। “अबको छलफलले व्यावहारिक समाधानतर्फ लाने अपेक्षा गरिएको छ, तिवारीले भन्नुभयो, “अहिलेकै वार्ताबाट व्यवसायीको आन्दोलन फिर्ता हुने हामीले आशा गरेका छौं।

ताजा समाचार

सम्बन्धित समाचार