सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

प्रकाशित:

 

 दार्चुलाको। मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी छन्।

हालसम्म छिमेकी मुलकसँग व्यापारिक नाका नभएका कारण पनि महाकाली करिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक हब बन्ने उनको बुझाइ छ। लामो समय शिक्षण पेशामा लागेका उनी अहिले व्यावसायिक रूपमा कृषिमा लागेका छन्।

तर भारतसँगको सहज कनेक्टिभिटि नहुँदा सुदूरपश्चिमले आर्थिक लाभ लिन नसकेको उनको तर्क छ। ‘महाकाली करिडोर निर्माणपछि सुदूरपश्चिम मात्रै नभई मुलुककै आर्थिक विकासमा कोसेढुङ्गा साबित हुने अपेक्षा गरेका छौँ।

उनले भने, ‘सुदूरपश्चिम आर्थिक गतिविधिमा न्यून छ, हाम्रो लागि सम्भावना भनेकै महाकाली करिडोर हो यसलाई राज्यले प्राथमिकताका साथ अगाडी बढाओस।

दार्चुलाको तिङ्करदेखी कञ्चनपुरको ब्रह्मदेवसम्म महाकाली नदीको किनारै किनार निर्माण हुने करिडोरले यहाँको सामाजिक आर्थिक क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार