खगराज भट्ट पुनः माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन

प्रकाशित:

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत रुपम चयन भएका छन् । बिहीबार बसेको दलको बैठकले भट्टलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपम चयन गरेको हो ।

२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । आजको बैठकले पुनः संसदीय दलको नेताको जिम्मेवारी भट्टलाई दिने निर्णय गरेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

यो निर्णयसँगै माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको विवाद अन्त्य भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार