महेन्द्रनगर । भीमदत्त नगरपालिका– १० स्थित युवा वर्ष मावि तिलकेनीमा दिवा खाजा कार्यक्रम संचालनमा आएको छ । शुक्रबारदेखी युवा वर्ष माविमा पेसवान नेपाल र भीमदत्त नगरपालिकाको समन्वय र चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको आर्थिक सहयोगमा विद्यालयमा दिवा खाजा कार्यक्रम संचालनमा आएको हो ।

‘स्माइलिङ्ग चिल्ड्रेन’ कार्यक्रम अन्तर्गत चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको आर्थिक सहयोगमा पेसवान नेपालमार्फत भीमदत्तका ११ बिधालयमा दिवा खाजा कार्यक्रम सन्चालन गर्दै आएको छ ।

भीमदत्त– १० तिलकेनी स्थित युवा वर्ष माविका वालविकास देखी कक्षा ५ सम्मका विध्यार्थीहरुलाइ दिवा खानामा सहभागी गराइने बिधालयका प्रधानाध्यापक हिक्मत सिंह ऐरले बताए ।

उक्त बिधालयमा दिवा खाजा कार्यक्रमका लागि आज सम्म ८४ जना विद्यार्थी स्कुल भर्ना भएको प्रधानाध्यापक ऐरले बताए ।
नेपाल सरकारले संचालन गरेको दिवा खाजा कार्यक्रममा १५ रुपैयाँ बराबरको खाजा उपलब्ध गराउने गरेकोमा पेसवान नेपालले संचालन गरेको ‘स्माइलिङ्ग चिल्ड्रेन’ कार्यक्रममा चाइना फाउन्डेसनको आर्थिक सहयोगमा ५० रुपैयाँ बराबरको खाजा थप गरिएको पेसवानका कर्मचारी छ्त्र बहादुर देउवाले बताए । पेसवान नेपालले यो कार्यक्रमको सुरुवात नै भीमदत्त–१० मा रहेको युवा वर्ष माविबाट गरिएको देउवाले बताए ।
भीमदत्त नगरपालिका– १० का वडाध्यक्ष महेश चन्दको विषेश पहलमा उक्त विद्यालयमा दिवा खाजा कार्यक्रम संचालनमा आएको हो ।
भीमदत्त–१० भित्र रहेका सम्पूर्ण बिद्यालयको शैक्षिक, भौतिक तथा गुणस्तरमूखी सुविधाका लागि आफु कुनै कसर बाकी नछाड्ने तथा विकास–सुधारात्मक कामका लागि अहोरात्र खटिदै आएको वडाध्यक्ष चन्दले बताए ।
‘विद्यालय शिक्षा सुधार र वालवालिकाको सर्वाङ्गिण विकासका लागी मैले कुनै कसर बाकी राख्ने छैन,’ वडाध्यक्ष चन्दले भने, ‘आगामी दिनमा पनि बिधालयको भौतिक तथा शैक्षिक गुणस्तर विकासका लागि कुनै माथिल्लो निकाय सङ्ग पहल कदम गरेर काम गर्नेछु भन्ने कुरामा आश्वस्त पार्न चाहन्छु ।’