पुनर्वास-११ मा वडा अध्यक्ष कप सुरु, उद्घाटन खेलमा आयोजकको जित

प्रकाशित:

-दिर्घ राज ओझा ।
पुनर्वास । नयाँ २०८२ को अवसरमा हिमाल फ्रेन्ड्स क्लब, अमरबस्ती–११ द्वारा आयोजित प्रथम वडा अध्यक्ष कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि पुनर्बास ११ को अमरबस्ती खेलमैदानमा सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन पुनर्बास नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यमा विशेष समारोहबीच सम्पन्न भयो।

उद्घाटनपश्चात भएको मैत्रीपूर्ण खेलमा आयोजक हिमाल फ्रेन्ड्स क्लबले पुनर्बास नगरपालिका कर्मचारी टोलीलाई ८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। खेल उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

प्रतियोगिता लिग चरणबाट सुरु हुँदै उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। विजेता टिमलाई ट्रफीसहित नगद पुरस्कार तथा उत्कृष्ट खेलाडीलाई सम्मान प्रदान गरिनेछ।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै सामुदायिक एकता सुदृढ गर्ने लक्ष्य राखिएको छ।

प्रतियोगिताअन्तर्गत भोलि (वैशाख १९) पुनर्बास नगरपालिका वडा नं। २ र वडा नम्बर ८ बीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो २स्०० बजे अमरबस्ती खेलमैदानमा सुरु हुने आयोजकले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार