नक्कली कागजातका भरमा अनुमति लिएर वन फडानी गर्ने सचिव पक्राउ

प्रकाशित:

अछाम। सेटिङ गरेर सामुदायिक वन फडानी गर्ने पाँचुलि चैतेपातल सामुदायिक वन उपभोक्ता समितिका सचिव छत्रराज तिमिल्सैनालाई डिभिजन वन कार्यालय अछामले पक्राउ गरेको छ ।

जिल्लाको कमलबजार नगरपालिका ५ मा रहेको उक्त सामुदायिक वनबाट नक्कली कागजात बनाएर वन पैदावार सङ्कलन तथा बिक्री गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय मंगलसैनका प्रमुख जनक पाध्याले बताए ।
पक्राउ परेका तिमिल्सैनालाई जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखिएको छ ।

मङ्गलबार जिल्ला अदालत अछामबाट म्याद थप गरेर अनुसन्धान गरिने डिभिजन प्रमुख पाध्याको भनाइ छ ।सेटिङमा वन फडानी गरेको समाचार गोरखापत्रले प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारूलगायतका सरोकारवालाले उक्त वनको अनुगमन गर्नुभएको थियो ।

पक्राउ परेका तिमिल्सैनाले वन समितिको भेलाको नक्कली कागजात बनाएर डिभिजन वन कार्यालयबाट १३ हजार किलो चुत्रो (तिर्खुला) कटानको अनुमति लिएको आरोप छ ।

उहाँले वन समितिका अध्यक्ष, वडा अध्यक्ष र वन समितिका पदाधिकारीलाई थाहा नदिइ भेलाको कृते कागज तयार गर्नुभएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार