दोधारा चाँदनी-१ को वडा कार्यालय भवन उद्घाटन

प्रकाशित:

चाँदनी ।
दोधारा–चाँदनी नगरपालिका वडा नं. १ को कार्यालय भवनको उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका बिच नगरप्रमुख किशोर कुमार लिम्बुले दोधारा–चाँदनी–१ को वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

यसअघि वडा कार्यालय भाडाको भवनमा संचालन हुँदै आएको थियो। नयाँ भवन निर्माण पछि अब वडा कार्यालयले आफ्नै भवनमा कार्य संचालन गर्ने भएको छ। वडा नं। १ का अध्यक्ष बिक्रम बहादुर चन्दले यसले नागरिकलाई अझ राम्रो र ब्यापक रुपमा सेवा प्रदान गर्न सहज हुने बताए।

उक्त कार्यक्रममा वडा न ५ का अध्यक्ष केशव बहादुर खत्री, ४ का अध्यक्ष भक्त बहादुर सुनार, लगायतको सहभागीता रहेको थियो । नयाँ भवन निर्माणले स्थानीय नागरिकहरूलाई सेवा पुगाउन सजिलो हुने र वडा कार्यालयको कार्यक्षमता बढ्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार