भारतको पारुल युनिभर्सिटीले नेपाली विद्यार्थीलाई अध्ययन शुल्कमा सहुलियत दिदै

प्रकाशित:

महेन्द्रनगर ।  नेपाली विद्यार्थीहरुको एक उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित भारतीय मूलको एक विश्व विद्यालयले महेन्द्रनगरमा शैक्षिक गतिविधि र विश्व विद्यालयको आकर्षणका बारेमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

शुक्रवार भारतको गुजरात बरोदा स्थित पारुल ‘युनिभर्सिटी’ ले महेन्द्रनगरमा पत्रकारहरुसंग भेटघाट कार्यक्रम राख्दै उक्त विश्वविद्यालयको विशेषता, आकर्षण, गुणस्तर र प्रभावकारीता सहित नेपाली विद्यार्थीहरुको सहजताका सन्दर्भमा बताएको छ ।

उक्त विश्वविद्यालयको तर्फबाट नेपाल हेर्ने सहायक म्यानेजर निरज शाहले नेपाली विद्यार्थीहरुको रोजाई र अध्ययन सहजताकालागि पारुल ‘युनिभर्सिटी’ ले चालेका कदमहरु बारे विस्तारमा बताएका छ ।

उक्त विश्वविद्यालयले डिप्लोमा कार्यक्रम देखि स्नातक, स्नाकोत्तर, एमफिल, पीएचडी र मेडिकल सेक्टरका नर्सिङ, एमबीबीएस, एमडी लगायतका ‘प्रोग्राम’ संचालनमा रहेको सहायक म्यानेज शाहले बताए ।

५५ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुको समेत उचित र मैत्रीपुर्ण शैक्षिक गन्तव्य संस्था पारुल युनिभर्सिटी रहेको शाहले बताए ।

शाहले नेपालका समेत थुप्रै विद्यार्थी अध्ययनरत रहेको एकै छानामुनी सबै व्यवस्था रहेको बताए ।

नेपालका विभिन्न शहर, स्थानमा सम्पर्क कार्यालय रहेको कञ्चनपुरमा पनि छिट्टै खोलेर संचालन गर्ने बताए ।

‘हामीले शैक्षिक गुणस्तरमा कसैसंग पनि सम्झौता गर्दैनौँ, ‘उनले भने, ‘हाम्रो प्रतिक्षा नै असल जनहक्ति उत्पादन गर्ने हो ।

’ दुताबास मार्फत सत प्रतिशत र अन्य नेपाली विद्यार्थीका लागि ५०प्रतिशत छात्रबृतिमा अध्यापन गराईने बताए । थप जानकारीका लागि पारुल विश्वविद्यालयको वेससाईडमा गएर पनि सम्पर्क गर्न सकिने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार