दोधारा चाँदनीको आदर्श माविमा पुस्तकालय सञ्चालन

प्रकाशित:

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिका, वडा नं.१ को माहाकाली आदर्श माध्यमिक बिद्यालयमा पुस्तकालय संचालनमा ल्याइएको छ । वडा अध्यक्ष बिक्रम बहादुर चन्दाको पहलमा उक्त विद्यालयमा पुस्तकालय सञ्चालन गरिएको हो ।

विद्यार्थीहरूलाई गुणस्तरीय अध्ययन वातावरण उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यस पुस्तकालयले शिक्षाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने र बिद्यालय परिसरमै पुस्तकालय स्थापना गर्दा विद्यार्थीहरूलाई पढ्न अझ सहज हुने वडा अध्यक्ष बिक्रम बहादुर चन्दले बताए।

अध्यक्ष चन्दका अनुसार, पुस्तकालयले विद्यार्थीहरूको ज्ञान बढाउन मद्दत गर्ने र सिकाइलाई प्रभावकारी बनाउनमा यसले स्थानीय शिक्षा विकासमा ठूलो योगदान पुर्याउने छ।

पुस्तकालय संचालन भए पश्चात वडा अध्यक्ष चन्दले विद्यार्थीहरूलाई अध्ययनमा प्रेरित गर्दै उनीहरूको उज्जवल भविष्य निर्माणमा मद्दत गर्ने बताए ।

उक्त पुस्तकालयमा साहित्य, विज्ञान, गणित, इतिहास, प्रविधि, कृषि तथा अन्य विषयका सयौ पुस्तकहरू उपलब्ध रहने छ्न ।

अभिभावकले वडाध्यक्ष विक्रम चन्दको यस महत्वपूर्ण पहलको प्रशंसा गर्दै पुस्तकालयलाई निरन्तर स्तरोन्नति गर्दै लैजान आवश्यक रहेको बताए।

स्थानीय अभिभावक तथा विद्यार्थीहरूले पनि पुस्तकालय स्थापना प्रति खुसी व्यक्त गर्दै यसबाट पढ्ने संस्कारलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

ताजा समाचार

सम्बन्धित समाचार