दोधारा चाँदनी । दोधारा चादनी नगरपालिकामा तटबन्ध निर्माणको कार्य सुरु भएको छ। दोधारा चादनी नगरपालिका वडा न १० को कुतियाकबको जोगबुढा नदीमा तटबन्ध निर्माण हुन लागेको हो ।

जनताको तटबन्ध कार्यालय, महेन्द्रनगरले जोगबुढा र महाकाली नदीमा ६०० मिटर लामो तटबन्ध निर्माण गर्ने योजना बनाएको छ। यसको लागत ५ करोड १६ लाख ६६ हजार रुपैयाँ राखिएको छ ।

कुतियाकवर बस्तीमा हरेक वर्ष बाढीले धेरै जनधनको क्षति पुर्याउँदै आएको र यस तटबन्ध निर्माणपछि यसले ४२ परिवारलाई स्थायी रूपमा सुरक्षा प्रदान गर्ने वडा न १० का अध्यक्ष चन्द्र बहादुर सिंहले बताए ।

हरेक बर्स बाढिले सताउने गरेको कुतियाकबर बासिलाइ यसले बाढीबाट पीडित स्थानीय बासिन्दालाई ठूलो राहत दिने अपेक्षा गरिएको नगर उप प्रमुख गङ्गा जोशीले बताइन ।
जोशी बिल्डर्स कम्पनीले यो निर्माण कार्य गर्ने जिम्मेवारी पाएको छ। नगरपालिकाका उपप्रमुख गङ्गा जोशीले सोमबार यस कार्यको औपचारिक उद्घाटन गरेकी छन् ।
दोधारा चादनी नगरपालिकामा तटबन्ध निर्माणको कार्य सुरु भएपछि स्थानीय बासिन्दाहरूले बाढीजन्य जोखिमबाट मुक्ति पाउने भएका छ्न ।