चाँदनी । दोधारा चादनी नगरपालिका वडा नं. १ मा सुदूर मिडिया प्रा. लि. द्वारा आयोजित डे-नाइट क्रिकेट कप २०८१ को फाइनल खेल सोमबार सम्पन्न भएको छ। यस प्रतियोगितामा २१ वटा टोलीले सहभागीता जनाएको थियो।

फाइनल खेलमा वडा नं. २ को टोलीले वडा नं. ३ लाई ७० रनले पराजित गर्दै उपाधि जितेको छ। टस जितेर ब्याटिङ रोजेको वडा नं. २ ले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १४३ रन बनाएको थियो। जवाबमा वडा नं. ३ ले ९.२ ओभरमा १० विकेट गुमाएर मात्र ७३ रन बनाएको थियो ।

वडा नं. २ का अभिषेक मेयरले म्यान अफ द म्याच, बेस्ट बोलर र बेस्ट ब्याट्सम्यानको उपाधि हात पारेका छन्।

प्रतियोगिताको समापन समारोहमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। वडा नं. १ का अध्यक्ष बिक्रम बहादुर चन्दले यस प्रतियोगिताले स्थानीय युवा खेलाडीहरूलाई प्रतिभा प्रदर्शन गर्ने मंच दिएको र क्रिकेटप्रति युवाहरूको रुचि बढाउन मद्दत गरेको बताए।
यसरी दोधारा चादनी नगरपालिकामा आयोजित डे-नाइट क्रिकेट कप २०८१ सफलतापूर्वक सम्पन्न भएको छ।