मुख्यमन्त्री शाह र सेना प्रमुख सिग्देलबिच भेटघाट

प्रकाशित:

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज सिग्देलबिच आज बिहान धनगढीमा भेटघाट भएको छ ।

भूतपूर्व सैनिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेश पुग्नु भएका सेना प्रमुख सिग्देलले मुख्यमन्त्री निवास पुगेर भेटघाट गर्नु भएको हो । सुदूरपश्चिम पृतना हेडक्वार्टर कैलालीमा आज भूतपूर्व सैनिक सम्मेलन हुँदै छ ।

त्यसको लागि उहाँ कैलाली पुग्नु भएको छ । भेटघाटको क्रममा दुवैबिच सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन विकासको विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले बताए ।

भेटघाटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउनु भएको थियो । यस प्रदेशको प्रसिद्ध धार्मिक स्थल बडिमालिकामा पर्यटन विकासका लागि नेपाली सेनाले काम गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार