राजावादीलाई प्रचण्डको चेतावनी : मुर्खता नगरियोस्, निकै ठूलो मूल्य चुकाउनुपर्छ

प्रकाशित:

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउने मुर्खता गर्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने जिकिर गरे ।‘फेरि अर्को मुर्खता नगरियोस् । नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने ।अहिले सुरु भएको डिबेटले जनतालाई अझै चेतनशील बनाउने अवसर हुनसक्ने प्रचण्डले बताए ।

‘अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर हुनसक्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘राजतन्त्र पुनस्थापना त असम्भव छ, तर यसले बहस अघि बढाउन सहज बनाउँछ भन्ने मेरो बुझाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार