प्रहरी प्रमुख कुँवरसहित ९ उच्च अधिकारी अनिवार्य अवकाशमा, नयाँ नियुक्ति आउने तयारी

प्रकाशित:

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवर आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्। ३० वर्षे सेवा अवधि पुरा गरेकाले उनले आज राति १२ बजेबाट अवकाश प्राप्त गर्दैछन्। साथै, कुँवरसँगै ५ जना अतिरिक्त महानिरीक्षक (एआइजी) र ३ जना नायब महानिरीक्षक (डिआइजी) पनि अवकाशमा जानेछन्।

कुँवरसहित अनिवार्य अवकाश पाउने एआइजीमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ छन्। डिआइजीहरु भोला रावल, गणेश चन्द र ध्रुवराज राउत पनि आज राति अवकाशमा जानेछन्। यी सबै अधिकारीहरूले ५ चैत २०५१ मा प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गरेका थिए।

नयाँ प्रहरी प्रमुखको नियुक्तिका लागि आज मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार