कैलाली । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पथरैयाद्वारा Digital Bus मार्फत आयोजित पहिलो दिनको वित्तीय साक्षरता कार्यक्रम लम्किचुहा नगरपालिका वाडा नं. ३, व्यवस्थितनगर टोलमा भव्य रूपमा सम्पन्न भएको छ।

संस्थामा आबद्ध सदस्य, अभिभावक तथा समाजका अन्य सदस्यहरूको व्यापक सहभागिताका बीच सम्पन्न कार्यक्रममा वित्तीय साक्षरताका विभिन्न महत्वपूर्ण विषयहरूमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा शाखा प्रबन्धक हरिचन्द्र भट्टको उपस्थितिमा शाखाको संक्षिप्त परिचय प्रस्तुत गर्दै वित्तीय साक्षरताको महत्त्व विषयमा मन्तव्य राखिएको थियो।

उनले वित्तीय अनुशासन, पारिवारिक बजेट व्यवस्थापन, बचतको महत्त्व तथा कर्जाको प्रभावकारी व्यवस्थापनबारे प्रकाश पार्दै सहभागीहरूलाई वित्तीय निर्णयहरू सचेत रूपमा लिन प्रेरित गरे।
कार्यक्रममा प्रशिक्षक बुधराम महतो ले वित्तीय सचेतनासम्बन्धी वृत्तचित्र प्रस्तुत गर्दै अडियो(भिडियो सामग्रीको प्रयोगद्वारा सहभागीहरूलाई वित्तीय शिक्षा प्रदान गरे।
साथै, छलफल विधि र प्रोजेक्टर को सहायताले सहभागीहरूलाई वित्तीय योजना, जिम्मेवार बचत, ऋण व्यवस्थापन तथा आर्थिक लक्ष्य प्राप्तिका उपायहरूबारे विस्तृत जानकारी गराइयो।
कार्यक्रम बिहान ११ः०० बजे प्रारम्भ भई दिनभर सञ्चालन गरिएको थियो । जसमा सहभागीहरूले व्यावहारिक वित्तीय व्यवस्थापन सम्बन्धी विभिन्न जिज्ञासाहरू राखी अन्तरक्रियात्मक रूपमा छलफल गरेका हुन्। कार्यक्रम अपराह्न ४ः०० बजे समापन गरिएको थियो।
छिमेक लघुवित्त वित्तीय संस्थाले सदस्यहरूको आर्थिक सुधार तथा वित्तीय व्यवस्थापन सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको छ।
संस्थाका अनुसार आगामी दिनहरूमा पनि Digital Bus को माध्यमबाट ग्रामीण भेगका सदस्यहरूलाई वित्तीय साक्षरताका अवसरहरू प्रदान गरिनेछ।