महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा र महेन्द्रनगर स्थित ‘नागर्जुन किराना पसल’ का सञ्चालक भरत सिंह साउद हिजो दिउँसो वाट सम्पर्कविहीन भएका छन्।

परिवारका अनुसार, भरत सिंह साउद २०८१ फागुन २० गते दिउँसो करिब १:४५ बजे महेन्द्रनगर बजारबाट ऐठपुर जाँदै गर्दा अचानक सम्पर्कविहीन भए। उनी म२प ४३६५ नम्बरको रातो–कालो स्प्लेन्डर बाइकमा सवार थिए।

उनको खोजी कार्य जारी रहेको छ, र परिवारले सम्पर्कमा आएका व्यक्तिहरूसँग जानकारी मागेको छ। परिवारले कुनै पनि व्यक्ति उनलाई देखेमा ९८४८८०७६३० वा ९८४८७२०६३६ नम्बरमा सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा जानकारी दिन आग्रह गरेका छन्।
