नेपालको बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १,४०० रूपैयाँ बढेर एक लाख ६९ हजार ५ सय रूपैयाँ पुगेको छ।

यसअघि सोमबार छापावाल सुनको मूल्य एक लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँ बढेर एक हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य १,९१५ रूपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा, सुनको मूल्य प्रतिऔंस २८ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको जानकारी प्राप्त भएको छ।