महेन्द्रनगर । सीवाईसी नेपाल लघुवित्त वित्तिय संस्थाको भीमदत्त शाखाले लघुवित्त कार्यक्रममा आवद्ध एक जना सदस्यको ३ लाख कर्जा मिनाहा गरेको छ । मंगलबार संस्थाको भीमदत्त शाखा महेन्द्रनगरले भावना दमाईको नाममा प्रवाह भएको ३ लाख रुपैँया कर्जा मिनाहा गरेको हो ।

भावनाका श्रीमान बाली दमाईको दुःखद निधन भएपछि संस्थाले उनको कर्जा मिनाहा गरेको हो । भीमदत्त–५ की भावनाका श्रीमानको दुःखद निधन पछि मंगलबार संस्थाले कर्जा मिनाहा तथा मृत्यु राहत बापत १२ हजार पाँच सय रुपैया नगद हस्तान्तरण गरेको हो ।

मृतक दमाईको श्रद्धाञ्जली सभामा भीमदत्त–५ का वडाध्यक्ष पदम राज अवस्थीको उपस्थितीमा उक्त कर्जा मिनाहा र रातह स्वरुपको रुपैयाँ हस्तान्तरण गरिएको सीवाईसी नेपाल लघुवित्त वित्तिय संस्थाले जनाएको छ ।

वडाध्यक्ष अवस्थीले संस्थालाई सहयोगका लागि धन्यवाद दिएका छन् । भीमदत्त शाखा प्रबन्धक जनक बहादुर धामीले सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्थाले बेरोजगार संग रोजगार, उत्पादनसँग बजार तथा आर्थिक अभावसंग सिवाईसी लघुवित्त भन्ने नारा सहीत नेपालराष्ट बैँकबाट घ वर्गको ईजाजतपत्र प्राप्त राष्टिय स्तरको वित्तिय संस्था रहेको र देश भरका ७७ वटै जिल्लाका कुनाकन्दरा तथा आर्थिक, सामाजिक,रुपमा पछाडी परेका गरिब तथा विपन्न वर्गको सारथीको रुपमा आफ्नो वित्तिय सेवा प्रदान गर्दै आईरहेको र लघुवित्त कार्यक्रमको माध्यमबाट नेपालको गरिबि न्युनीकरण, महीला शसक्तीकरण, महीला उधमशिलता, वित्तिय साक्षरता जस्ता कुराहरुमा जोड दिदै आफनो सेवा विस्तार गरिरहेको जनाए ।