काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिका लगायत देशका बिभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नपठाएकोमा सांसद ज्ञानेन्द्र शाहीले संसदमै आक्रोस पोखेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्नै सांसद शाहीले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, सफाईकर्मीले तलब नपाएको जानकारी गराए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसको पाप लाग्ने बताए ।

उनले भने, ‘आज काठमाडौँ महानगरपालिका लगायत देशका सबै नगरपालिका, धेरै भन्दा धेरै नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखिएको छ । देशका शिक्षक कर्मचारीहरु ठप्प छन् । काठमाडौँ महानगरमा सरसफाई गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । यो ओली सरकारलाई त्यसको पाप लाग्ला । आज शिक्षक, स्वास्थ्यकर्मीले तलब पाएका छैनन्, आज मेरो जुमलामा पनि त्यही हालत छ ।

आज ८३ हजार ५ सय ५८ जना निजामति कर्मचारीहरु के नेताको घरमा चाकडी गर्न र घरदैलो अभियान गर्न नियुक्ति गरिएको हो सम्माननीय सभामुख महोदय
उनले थपे, ‘काठमाडौँ महानगरपालिलाई बन्धक नबनाइयोस्, फोहोर उठाउने मानिसको पाप लाग्ला ।’
उनले सरकारले देशभरीको स्थानीय तहको हालत खराब गरेको बताए । काठमाडौँ महानगर लगायत देशका धेरै स्थानीय तहहरुमा अहिले प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासिनक कामहरु ठप्प भएका छन् ।