महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घट्ना भएको छ।
धनगढी बेलौरी हुलाकी राजमार्ग देखि दक्षिण तर्फ पुनर्वास ३ राम बस्तीमा बिधार्थी लिन गाइरहेको स्कुल बसले पुर्व बाट पश्चिम खेत तर्फ जाँदै गरेको मोटरसाईकल र स्कुल बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।
आईतबार बिहान पुनर्वास नगरपालिका–३, रामबस्तीमा धनगढी उपमहानगरपालिकामा रहेको त्रिस्टल बोर्डिङ स्कुलको सुपप्र ०१–००१ प. २१३३ नम्बरको बसको ठक्करबाट से.२ प. ६३०९ नम्बरको मोटरसाईकलमा सवार एक जना गम्भीर घाईते भएका हुन् । दुर्घटनाबाट परी घाईते हुनेमा पुनर्वास नगरपालिका–३, रामबस्तीका ४४ वर्षिय रमेश तामाङ रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक महेश विक्रम शाहीले जानकारी दिए ।
दुर्घट्ना भएपछि बस चालक घटना स्थलमै बस छोडेर भागेको स्थानिय दिलिप तामाङले बताए। स्थानीय हरु मिलेर घाइते तामाङलाई तत्काल उपचार का लागि पुनर्वास पोलिक्लिनिक आई बि आर डी मा उपाचारका लागि लगिएको थियो। तर पोलिक्लिनिक मा उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको पुनर्वास पोलिक्लिनिक का सञ्चालक धोके रानाले जानकारी दिनुभयो।
घाईते को अहिले माया मेट्रो हस्पिटलमा उपचार भईरहेको र अवस्था गम्भिर रहेको प्रहरी निरिक्षक शाहीले बताए । बिधालय को बस लाई घटना स्थलबाट नियन्त्रण मा लिई ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा राखिएको छ भने उक्त बसका ३२ वर्षिय चालक प्रेमसिँह राना पनि प्रहरीको सम्पर्कमा आईसकेको ईलाका प्रहरी कार्यालय प्रमुख शाहीले जानकारी दिनुभयो। दुर्घटनापछि स्कुल बस र चालक प्रहरी नियन्त्रणमा छन् ।
