शिक्षा क्षेत्रमा कृष्णपुरको फड्को, ६ विद्यालयमा पूर्वाधार निर्माण हुँदै

प्रकाशित:

महेन्द्रनगर। कृष्णपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणमा उल्लेखनीय काम गर्दै आएको छ। नगरपालिकाले ६ वटा विद्यालयमा भवन निर्माण गरिरहेको छ।

नगरपालिकाले ४ वटा विद्यालयमा ४ कोठे भवन र २ विद्यालयमा तला थपको काम गरिरहेको छ। बुधबार नगर प्रमुख हेमराज ओझाले वडा नं. ३ स्थित नन्द माध्यमिक विद्यालय देखतभुली र वडा नं. ४ स्थित समैजी माध्यमिक विद्यालय किचाईको विद्यालय भवनको शिलान्यास गरेका छन्।

सरस्वती माध्यमिक विद्यालय र कञ्चन माध्यमिक विद्यालयमा यसअघि नै शिलान्यास गरि भवन निमार्ण भइरहेको छ।

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसँगको साझेदारीमा भवन निर्माण भइरहेका छन्,’ नगर प्रमुख ओझाले भने, ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ५५ लाख र नगरपालिकाको ३८ लाख लगानीमा यी भवनहरु निर्माण गरिहेका हौं।’ विल्डवन संस्थासँगको साझेदारीमा पनि ३ विद्यालयमा भवन निर्माण भइरहेको उनको भनाई छ।

नगरपालिकाको आन्तरिक स्रोतबाट राष्ट्रिय माध्यमिक विद्यालय र उदय माध्यमकि विद्यालयमा तला थपको काम भइरहेको छ।

‘विद्यालयका भवनहरुको मर्मत पनि गरिरहेका छौं, एनएनएसडब्लएको सहयोगमा पनि भौतिक संरचना निर्माण गरिहेकाछौं,’ उनले भने। नगरपालिकाले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने लक्ष्यका साथ काम गरिरहेको उनी बताउँछन्।

‘गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्य ग्रामिण अर्थतन्त्रसँग जोडिएको विषय छ,’ उनले भने, ‘हाम्रो सार्वजनिक शिक्षा गुणस्तरीय र सर्वसुलभ भएमा नगरवासीको आर्थिक पक्षमा सर्पोट पुग्छ।’ नगरपालिकाले योजना बनाएर काम गरिरहेको नगर प्रमुख ओझाले बताए।

‘शैक्षिक गुणस्तर सुधारका लागि पलानका साथ काम गरेकाछौं,’ उनले भने, ‘हामी निर्वाचित भएपछि दरबन्दी मिलान ग¥यौं। तहगत रुपमा स्थायी शिक्षकलाई प्रधानाध्यापक बनायौं, अहिले मावि तहमा १४ दरबन्दी उपलब्ध गराएकाछौं।’

शिक्षक अभावको समस्या समाधानका लागि नगर शिक्षकको व्यवस्थापन गरिएको उनको भनाई छ। ‘नगरपालिबाट एसईईको तयारीका लागि पनि अनुदान दिदै आएका छौं,’ नगर प्रमुख ओझाले भने, ‘कक्षा ५ र ८ मा नगर स्तरीय परीक्षा गरिरहेका छौं।’

अंग्रेजी माध्यमबाट पढाइँ गर्ने विद्यालयहरुलाई प्राथमिकता दिदै अनुदान उपलब्ध गराउँदै आएको उनले बताए। ‘दिवा तथा रात्री छात्राबासको समेत व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘विभिन्न खालका कार्यक्रबाट विद्यालयहरुलाई सहयोग गरिहेका छौं।’

विद्यालयको शैक्षिक गुणस्तरको अध्ययन गर्नका लागि विज्ञ टोली बनाएर अध्ययन भइरहेको उनी बताउँछन्। शिक्षालाई प्राथमिकता राखेर नगर प्रमुख ओझाको नेतृत्वमा काम भइरहेको वडा नं. ३ का अध्यक्ष खेमराज चौधरीले बताए।

‘हामी निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यमा प्राथमिकता दिएका छौं,’ उनले भने, ‘विद्यालयका भौतिक संरचना निर्माण र शैक्षिक गुणस्तरका क्षेत्रमा काम गरिहेका छौं।’ नन्द माध्यमिक विद्यालयमा कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई भइरहेको उनी बताउँछन्।

नन्द माध्यमिक विद्यालयलाई नगरपालिकाले ४ कोठे भवन उपलब्ध गराएपछि भवन अभावको समस्या हटेको विद्यालयका अध्यक्ष दिपकबहादुर खत्रीले बताए।

‘यो विद्यालय वडा नं। ३ को एउटा मात्रै हो, लालझाडी र शुक्लाफाँटाका विद्यार्थीहरु पनि यहीँ पढ्छन्,’ उनले भने, ‘यहाँ भवनको अभाव थियो, नगरपालिकाले हाम्रो मागलाई सम्बोधन गरेको छ।’

निर्माण व्यवसायीलाई आवश्यक सहयोग गरेर भवन निर्माणको काम समयमै सक्ने उनको भनाई छ। ‘विद्यालयले बस सेवा समेत सञ्चालन गरेको छ,’ उनले भने,‘विद्यालयलाई नमूना बनाउने गरि काम गरिहेका छौं।’

ताजा समाचार

सम्बन्धित समाचार