कञ्चनपुर। कैलालीमा लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार सोमबार बेलुकी धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिकबाट धनगढी–५ का २२ वर्षीय खगेन्द्र चौधरी खैरो हेरोइनसहित पक्राउ परे।

उनको साथबाट ८९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
यस्तै, धनगढी उपमहानगरपालिका– ८ धनगढी गाँउबाट सोही ठाउँका २८ वर्षीय नरेश चौधरी १ ग्राम ४७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर उनी बारे थप अनुसन्धान गरिरहेको छ।
सोमबार राति गोदावरी नगरपालिका–५ गेटाबाट पनि एक युवक लागुऔषधसहित पक्राउ परे।
गेटाकै २७ वर्षीय महेश रानालाई ४९० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो।
लागुऔषधसहित पक्राउ पर्ने तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।