कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार मोटरसाइकल दुर्घटनामा परेर भीमदत्त नगरपालिका–१३ वडैपुरका २१ वर्षीय गणेश विष्ट र भीमदत्त नगरपालिका–१६ एयरपोर्टका २१ वर्षीय कैलाश सिंह साउद रहेका छन्।

महाकाली पक्की पुलको पहुँच मार्ग (भाइरल रोडले चिनिने) मा तीव्र गतिमा रहेको सुप प्र ०१ ०१२ प ९२४९ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भएर सोमबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मोटरसाइकल दोधारा चाँदनीबाट गड्डाचौकीतर्फ आइरहेको थियो।

अनियन्त्रित भएर मोटरसाइकल विजुलीको पोलमा ठोक्किँदा चालक र सवार दुवै जना गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा पु-याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।