मासु दिन गएकी १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

प्रकाशित:

कञ्चनपुर। कैलालीमा १३ वर्षीया किशोरीमाथि बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोर रहेका छन्।

बर्दगोरिया गाउँपालिका–२ की १३ वर्षीया बालिकामाथि शनिबार बेलुकी उनीहरुले जबरजस्ती करणी गरेको आरोप छ।
मोहन्याल घर भएर बर्दगोरियामा डेरा गरी बस्ने ती बालिका कक्षा ४ मा पढ्छिन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार विकले बालिकालाई शनिबार बेलुका मासु पकाएर ल्याइदिनू भनेका थिए।

मासु पकाएर दिन उनको पसलमा पुगेका बेला विक र अर्का किशोरलाई ललाइफकाइ कोठामा लगेर जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्।

आइतबार पीडित बालिकाकी दिदीले घटना बारे प्रहरीलाई खबर गरेकी थिइन्। आरोपित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

कैलालीको धनगढीमा पनि बिहिबार १४ वर्षीया किशोरी पनि बलात्कारको शिकार बनिन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी किशोरीलाई चक्कु देखाएर १८ वर्षीय किशोरले बलात्कार गरेको भन्दै उजुरी परेको छ।

विद्यालयबाट फर्किँदा बाटो छेकेर ती युवकले चक्कु देखाएर डरत्रासमा पारेर घरमा लगेर जबरजस्ती करणी भएको उजुरी छ। आरोपी अझै पक्राउ परेका छैनन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी बोहराले बताए।

ताजा समाचार

सम्बन्धित समाचार