शैक्षिक गुणस्तर अभिबृद्धिका लागि महाकाली मोडर्न फेष्ट संचालन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली मोडर्न स्कुलले महाकाली मोडर्न फेस्टिबल संचालनमा ल्याएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै महाकाली मोडर्न फेष्ट सम्पन्न भएको हो ।

विद्यालयका प्रधानाध्यापक दिज राज भट्टका अनुसार विद्यालयले गत वर्ष २०८० माघ २५ गते देखी फेष्ट कार्यक्रम संचालनमा ल्याएको हो । आज दोस्रो पटक उक्त कार्यक्रम संचालन भएको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर धामीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि दत्त जोशी रहेका थिए ।

प्रमुख अतिथि जोशीले विद्यालयले विद्यार्थीहरुको सीप र ज्ञानका लागि महत्वपूर्ण कार्यक्रम संचालन गरेको बताए । उनले भने, ‘यस्ता कार्यक्रमहरु अन्य विद्यालयमा पनि संचालन गर्न आवश्यक रहेको छ ।’

पढाई संगै अतिरिक्त क्रियाकलापले भोलिको दिनमा विद्यार्थीहरु जुनसुकै क्षेत्रमा काम गर्न सफल हुने प्रमुख अतिथि जोशीले बताए ।

विद्यालयले विद्यार्थीहरुको व्यबहारिक सीप अभिवृद्धि गर्नका लागि तिन विधामा कार्यक्रम संचालन गरेको छ ।

जसमध्ये स्थानिय स्थरमा पकाउने खानाका परिकार, खेल क्षेत्रमा र कला र विज्ञान संग सम्बन्धि प्रदशनी संगै सांस्कृतिक कार्यक्रम रहेका छन् ।

विद्यालयले विशेष गरि शुक्रबार व्यबहारिक सिपमुलक ज्ञान आर्जन गर्ने उदेश्यले “बुक फ्री फाईडे” कार्यक्रम पनि गरेको छ ।

विद्यालयको उचित शैक्षिक वातावरणका साथै विद्यार्थीहरुको चौतर्फी विकासको लागि समय समयमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

जसमध्ये ‘महाकाली मोडर्न फेष्टष्ट’ पनि एक हो । अहिले विद्यालयले नर्सरी देखी कक्षा १२ सम्म अध्यन गराइरहेको छ । जसमा एक हजार भन्दा बढी विद्यार्थीहरुको संख्या रहेको विद्यालयका प्रधानाध्यापक दिज राज भट्टलेले जनाए ।

ताजा समाचार

सम्बन्धित समाचार