कञ्चनपुर। कैलालीमा ट्याक्टरको टायरमा च्यापिएर एक जनाको मृत्यु भएको छ।

जोशीपुर गाउँपालिका–५ मैनपोखरी नहरमा ट्याक्टरको टायरमा च्यापिएर सोही ठाउँकी ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो।

सु.प.०१–००२ त ५२३२ नम्बरको ट्याक्टरमा सवार थरुनी ट्याक्टरबाट खसेपछि टायरले ढाडमा च्याप्पिएर गम्भीर घाइते भएकी थिइन्।

उनलाई उपचारको लागि टिकापुर अस्पतालमा हुँदै मेडिकल कलेज कोहलपुरमा लगिएका थियो।
उपचारको क्रममा बिहिबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
ट्याक्टर चालक जोशीपुर गाउँपालिका–५ सिरानाका ५० वर्षीय तेज बहादुर मौनीलाई प्रहरीले पक्राउ गरेको छ।