कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७ का २३ वर्षीय प्रबिन धानुक र भीमदत्त नगरपालिका–१६ का ३१ वर्षीय हिमाल बहादुर बम रहेका छन्।

उनीहरुको साथबाछ ०.६१ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

धानुकले चलाएको सु.प.प्र.०२–००४ प ७९० नम्बरको मोटरसाइकललाई शंका लागि जाँच गर्दा मोटरसाइकल पछाडी बमको साथमा खैरो हेरोइन फेला परेको हो।
दुवैलाई अस्थायी प्रहरी बिट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।