कालीकोट। कालीकोटबाट एक गर्भवतीको हवाई उद्धार गरिएको छ। पलाँता गाउँपालिका–७ की केस्पुरा बम शाहीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

पलाँता गाउँपालिका–७ आधारभूत अस्पतालमा उपचार हुन नसकेपछि शाहीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेले जानकारी दिए।

गर्भवतीको अवस्थामा जोखिम नआओस् भनेर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शाहीको उद्धार गरिएको हो।

शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टराईले जानकारी दिए।
‘खबर पाउनासाथ नेपाली सेनाको हेलिकोप्टरबाट शाहीको हवाई उद्धार गरिएको हो,’ उनले भने।