कलौनीको जन्मजयन्तीमा दिप प्रज्वलन

प्रकाशित:

कञ्चनपुर। नेपाल विद्यार्थी संघ कञ्चनपुरले नेपाली कांग्रेस कञ्चनपुरको पार्टी कार्यालयमा अच्युतराज कलौनीको ४१ औं जन्मजयन्तीका अवसरमा दिप प्रज्वलन गरेको छ।

कलौनी माघ १९ गते भीमदत्त नगरपालिका १८ स्थित सडक पेटीमा मृत फेला परेका थिए। उनको निधन भएको छैटौं दिनमा परेको ४१ औं जन्मोत्सवमा नेविसंघ कञ्चनपरले विहिबार दीप प्रज्वलन गरेको हो।

नेपाल विद्यार्थी संघबाट राजनीति थालेका कलौनी पछिल्लो समय नेपाली कांग्रेसको भीमदत्त नगर सभापतिसँगै महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए ।

नगर सभापतिको रहस्यमय मृत्युको घटना सार्वजनिक भएपछि कांग्रेस नेतासमेत रहेका गृहमन्त्री रमेश लेखक गृह जिल्ला कञ्चनपुर पुगेका थिए । गृहमन्त्रीलाई भेटेका मृतक कलौनी परिवारले उनको हत्या भएको भन्दै सत्य तथ्य छानबिनको माग गर्दै आएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार