कृष्णपुरका वडा ५ र ६ मा जग्गा नापनक्सा अभियान सुरु

प्रकाशित:

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका वडा नं. ५ र ६ मा सोमबारदेखि जग्गा नापनक्सा कार्य औपचारिक रूपमा सुरु गरिएको छ। नगर प्रमुख हेमराज ओझा ले कार्यक्रमको उद्घाटन गर्दै अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकको जग्गा व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिए।

भूमि समस्या समाधान आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको यस अभियानले लालपुर्जा नपाएका स्थानीयलाई कानुनी रूपमा जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने आधार तयार गर्ने विश्वास गरिएको छ। नगरपालिकाले नापनक्सा प्रक्रियामा सहभागी हुन आवश्यक कागजातसहित उपस्थित हुन सम्बन्धित नागरिकलाई अनुरोध गरेको छ।

वर्षौँदेखि लालपुर्जाको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाले नापनक्सा कार्य सुरु भएसँगै आफ्नो जग्गाको स्वामित्व सुनिश्चित हुने आशा व्यक्त गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार