धनगढी। सुदूरपश्चिम प्रदेश प्रहरीद्वारा धनगढी उपमहानगरपालिका–१८ एकगाउँबाट मंगलबार दुई भारतीय नागरिक र एक नेपालीलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा भारतको लखिमपुरखिरीका ३२ वर्षीय रियासत अली, ४० वर्षीय देशराज राना र धनगढीका ३९ वर्षीय गुरुप्रसाद चौधरी रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट दुई थान भरुवा बन्दुक र एक थान चक्कु बरामद गरेको छ। विशेष सूचना आधारित प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ।
