कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका – ११ गड्डाचौकीबाट लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका -५ बनगाउका २६ वर्षीय अर्जुन गुरुङ छन्। उनको साथबाट २.८३ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

जुत्ताको भित्र मोजा भित्र लुकाएको अवस्थामा खैरो हेरोइन भेटिएको प्रहरीले जनाएको छ।
