हमासले सार्वजनिक गर्‍यो शनिबार छाडिने ३ बन्धकको नाम, परेनन् विपिन

प्रकाशित:

काठमाडौँ। हमासले चौथो चरणमा शनिबार मुक्त गर्ने बन्धकहरूमा पनि नेपाली विद्यार्थी विपिन जोशी नपर्ने निश्चित भएको छ।

हमासले शनिबार छाडिने बन्धकहरूको नाम शुक्रबार घोषणा गरेको छ। जसमा तीन इजरायली पुरुष छन् अर्थात् विपिन जोशीको नाम छैन।

सीएनएनका अनुसार हमासले शनिबार गाजाबाट मुक्त गर्ने ३ पुरुषमा किथ सिगेल, यार्डेन बिबास र ओफर काल्डेरोन छन्।

उनीहरूको परिवारलाई यो जानकारी गराइएको इजरायली प्रधानमन्त्रीको कार्यालयले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार