दैजीका व्यापारीले गरे आगलागी पीडित भट्टलाई २ लाख ३८ हजार सहयोग

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजी बजारका आगलागी पीडित व्यापारी मदनराज भट्टलाई आर्थिक सहयोग गरिएको छ।

दैजी बजारका स्थानीय व्यापारीले आर्थिक सहयोग संकलन गरेर भट्टको पसल पुनस्र्थापनाका लागि सहयोग गरेका हुन।

दैजी बजार व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर ठकुल्लाका अनुसार व्यापारीले आर्थिक सहयोग गर्ने निर्णय गरेका थिए। पसल पुनःस्र्थापनाका लागि व्यापारीहरुले संकलन गरेर दुई लाख ३८ हजार ५०५ रुपैयाँ सहयोग गरिएको उनले बताए।

बेदकोट नगरपालिका–१ का स्थानीय भट्टको किराना, खाद्यन्न र फलफूल तरकारीको होलसेल तथा खुद्रा पसलमा गत माघ ७ गते आगलागी भएको थियो। पसलभित्रको मालसमान सबै जलेर नष्ट भएको थियो।

आगलागी पीडित व्यापारी भट्टलाई बिहिबार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार