झलारी। वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा कञ्चनपुरका एक युवक पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा शुक्लाफाँटा नगरपालिका–१ का २५ वर्षीय भुवन कार्की प्रकाउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार काठमाडौं–१२ बाट पक्राउ गरेको हो।

उनले बेरोजगार युवा/युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। उनले अहिलेसम्म १ करोड रुपैयाँ संकलन गरेको आचार्यले बताए।

कर्षक तलब-सुविधाको लोभ देखाएर रकम संकलनपछि कार्की सम्पर्कविहीन भए। सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए। कार्कीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।