ट्रम्पले भने– डिपसिकबाट म चिन्तित छैन

प्रकाशित:

काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी डिपसिकबारे अमेरिकी प्रविधि उद्योगलाई चेतावनी दिएका छन्।

डिपसिकसँग सम्बन्धित समाचारमा प्रतिक्रिया दिँदै ट्रम्पले चीनको आर्टिफिसियल इन्टेलिजेन्स उद्योगमा हालै भएको प्रगति अमेरिकाका लागि पनि सकारात्मक हुन सक्ने बताएका छन्।

उनले भने, ‘यदि तपाईं यसलाई यसभन्दा सस्तो बनाउन सक्नुहुन्छ भने, यदि तपाईं यसलाई सस्तो बनाएर पनि समान परिणाम दिन सक्नुहुन्छ भने मलाई लाग्छ- त्यो हाम्रा लागि राम्रो हुनेछ।’

ट्रम्पले यो पनि भने, ‘डिपसिकले म चिन्तामा छैन, एआईको क्षेत्रमा अमेरिकाले आफ्नो प्रभुत्व कायम नै राख्छ।’ तर डिपसिकले केही देशमा साइबर सुरक्षा चिन्ता गराएको छ।

ताजा समाचार

सम्बन्धित समाचार