भूमि आयोग कञ्चनपुरका अध्यक्ष पन्तले सम्हाले पदभार

प्रकाशित:

कञ्चनपुर। भूमि सम्बन्धि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्रप्रकाश पन्तले कार्यभार सम्हालेका छन्।

सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर पन्तले पदस्थापन गरेका छन्।

सो क्रममा उनले आफ्नो क्षमता र अनुभवका आधारमा भूमि सम्बन्धि समस्या समाधानका लागि काम गर्ने बताए। उनले यस कार्यमा सबै पक्षको साथको अपेक्षा समेत व्यक्त गरे।

वर्षौदेखि जगेडिएको भूमि सम्बन्धि समस्या समाधान गर्न विद्यमान बाधा अड्चन फुकाएर समस्या समाधान गर्ने प्रयास गर्ने उनले बताए।

‘यो कल्याणकारीको काम पनि हो। धेरै आयोग बनेपनि वर्षौदेखि समस्या ज्यूँका त्यूँ छ। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले यो कामलाई तीव्र गर्न चाहेको छ,’ उनले भने, ‘समस्या समाधान गर्न अन्तिम आयोग बन्ने गरी काम गर्छुँ।’

 

ताजा समाचार

सम्बन्धित समाचार