बझाङ । बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

छबिसपाथिभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय धर्म राज गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

गिरीले ती किशोरीलाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।