अछाममा बाख्रा चराउन गएका २ किशोरी जंगलमा मृत फेला, अनुसन्धान गर्दै प्रहरी

प्रकाशित:

कञ्चनपुर। अछामको ढकारी गाउँपालिका–१ मा दुई किशोरीको शव फेला परेका छ।

जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार ढकारी गाउँपालिका–८ की १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्का मृत अवस्थामा भेटिएका हुन। दुवै नातामा फुपू भदै पर्छन्।

ढकारी गाउँपालिका–१ स्थित सिस्ने ओढारमा उनीहरुको शव फेला परेको प्रहरी निरीक्षक टेक बहादुर देउवाले बताए।

शुक्रबार बिहान ११ बजे उनीहरु घरबाट बाख्रा चराउन जंगलतिर गएका थिए। बेलुकासम्म घर नफर्केपछि आफन्त खोजी गरेका थिए। शनिबार बेलुका उनीहरु शव फेला पारेका हुन।

प्रहरीलाई बेलुकी ७ बजे खबर आएको थियो। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारी घटनास्थलमा पुगेका छन्। घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार