कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीमा लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बझाङको वित्थडचिर गाउँपालिका–१ का ४० वर्षीय गमीलाल बोहरा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार उनको साथबाट १ किलो ५ सय ८६ ग्राम चरेश बरामद गरिएको थियो।
