प्रेस सेन्टर कञ्चनपुरको अध्यक्षमा दोहोरिए भट्ट

प्रकाशित:

कञ्चनपुर। प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा अरुण प्रशाद भट्ट दोहोरिएका छन्।

मंगलबार हेन्द्रनगरमा सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट दोहोरिएका हुन। भट्टको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ।

जिल्ला कार्यसमितिको उपाध्यक्षमा धर्मराज कठायत र भाष्कर केसी, सचिव हेमा भट्ट सह–सचिवमा बीरसिह ऐर, खडक कोली, कोषाध्यक्षमा डम्बर भट्ट सर्वसम्मत चयन भएका छन्।

यस्तै, डिल्लीराज पन्तको अध्यक्षतामा गठित सल्लाहकारमा धुव्रराज अवस्थी, राजेन्द्र विष्ट, विकास सिह महता, डीएस धामी छन्।

 

ताजा समाचार

सम्बन्धित समाचार