दैजी बजारको किराना पसलमा मध्यरात आगलागी

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजी बजारमा आगलागी भएको छ।

बेदकोट नगरपालिका–१ का मदनराज भट्टले सञ्चालन गरेको भट्ट किराना पसलमा आगलागी भएको हो।

प्रहरीका अनुसार विद्युतको तार सर्ट भएर सोमबार मध्यरात आगलागी हुँदा पसलभित्र रहेका किराना लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार