कञ्चनपुर। गृहमन्त्री रमेश लेखकले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका छन्।

गृहजिल्ला कञ्चनपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

गृहमन्त्री लेखकले पत्रकारिता क्षेत्रको विकास, पेशागत हकहित र व्यवसायिक मर्यादालाई थप उन्नत गर्नका लागि पूर्ण सफलताको कामना व्यक्त गरे।

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका नवनिर्वाचित अध्यक्ष सुरेश धामीलगायत पदाधिकारी, कार्यसमिति, प्रदेश र केन्द्रीय पार्षद सदस्यलाई गृहमन्त्री लेखकले खादा ओढाएर सम्मान गरेका थिए।