गठबन्धनमा कुनै समस्या छैन, ०८४ को चुनावसम्म कायम रहन्छ : लेखक

प्रकाशित:

कञ्चनपुर। गृहमन्त्री रमेश लेखकले विदेशी लगानी भित्र्याउन र देशभित्रै पनि लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको बताएका छन्।

उद्योगी व्यवसायीहरूले वर्षौदेखिे काूननी जटिलताका कारण लगानीको वातावरण नबनेको भन्दै गर्दै आएको माग समेटेर लगानीको वातावरण बनाउन अध्यादेश ल्याएको उनले बताए।

चाँडै संघीय संसदको अधिवेशन बोलाएर पहिलो बैठकमै अध्यादेश प्रस्तु गरिने उनले बताए।

‘अध्यादेश आएपछि उद्योगी व्यवसायीहरुले धन्यवाद नै दिएका छन्,’ आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले भने, ‘सदन आह्वान गर्ने बेला अध्यादेश आयो भनेर प्रक्रियाग हिसाबमा थोरै विमतिका स्वर सुनिएका छन्। सरकार छिट्टै सदन बोलाउने तयारीमा छ। पहिलो दिनमै अध्यादेश प्रस्तुत हुन्छ।’

आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेको उनले बताए। नेपाली कांग्रेस र नेकपा एमालेकाबीचमा भएको ७ बुँदे सहमतिअनुसार सरकार चल्ने उनको दाबी थियो।

‘हाम्रा बीचमा कुनै समस्या छैन। बेला बेलामा विभिन्न खालका हल्लाहरु सुन्ने गरिन्छ। तर हामीबीच कुनै जटिलता छैन,’ उनले भने, ‘यो समिकरण ०८४ सालको चुनावसम्म कायम रहन्छ।’

प्यालिष्टिनी विद्रोही संगठन हमासको बन्धकमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका विपिन जोशीको रिहाइको लागि पहल भइरहेको उनले बताए।

‘विपिन सकुसल रहेको सरकारले जानकारी प्राप्त गरेको छ। रिहाइको लागि सरकार अत्यन्त गम्भीर रुपले लागिरहेको छ,’ उनले भने, ‘अहिले युद्ध विराम भएको स्थितल विपिनलाई हामी सकुसल घर फर्काउन सक्छौँ भन्ने विश्वासमा छौँ।’

ताजा समाचार

सम्बन्धित समाचार