भीम रावलको कित्तामा खुलेपछि पूर्वमन्त्री सुवेदीसहित २ जनालाई एमालेमा कारबाही

प्रकाशित:

कञ्चनपुर। नेकपा एमाले कैलालीले सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई कारबाही गर्न सिफारिस गरेको छ।

शनिबार बसेको नेकपा एमाले कैलालीको सचिवालय बैठकले पार्टीको निर्णयविरुद्धका गतिविधिमा संलग्न रहेको पाइएकाले दुवै जनालाई साधारण सदस्य हटाउन सिफारिस गरिएको हो।

नेकपा एमाले कैलालीका सचिव ममताप्रसाद चौधरीका अनुसार एमालेबाट कारबाहीमा परेका भीम रावलको स्वागतमा धनगढी विमानस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको विषयमा ध्यानाकर्षण भएको र त्यसप्रति खेद प्रस्ताव समेत पारित गरिएको छ।

एमाले कैलालीले कारबाहीका लागि सिफारिस गरेका सुवेदीद्धय नातामा बुवा छोरा पर्छन्। दुवै एमालेमा भीम रावल निकट मानिन्छन्।

एमालेबाट निकालिएपछि भीम रावलले घोषणा गरेको मातृभूमि जागरण अभियानमा उनीहरु सक्रिय रहेका थिए। ४ माघमा रावल सुदूरपश्चिम आउँदा धनगढी विमानस्थलमा अध्यक्ष ओलीविरुद्ध नाराबाजी भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार