कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकासाल र भीमदत्त नगरपालिका–११ भुजेलाबाट २ लाख १२ हजार २ सय ५० रुपैयाँको अवैध सामान बरामद गरिएको छ।

अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएका चिनि, अचार, खाने तेल, दाल, पिठो, साइकलका सामान, प्लाष्टिक झिल्ली, विभिन्न किसिमका कपडा, तरकारी, किरानाका सामान, मोटरसाइकल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
